अवैध लागूऔषध सहित मानिस पक्राउ
२०८०-१२-०८
- A
- A-
- A+
कैलाली:- गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका-११ दुम्मर बस्ने २४ वर्षीया शिखा डागीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले होटल तलासी गर्ने क्रममा शिखालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर:- बेलौरी नगरपालिका-४ शन्तिपुरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ९२ ग्राम ७१ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीया प्रेम सागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले प्रेम सागर कुमारीको घरको आगनबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।