अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-०९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ११,१००।–बराबरको सुट,कुर्ती,बेल्ट लगायतका सामानहरु, टिकापुर न.पा.९ जिरो प्वाईन्ट चौगुर्जी नजिकबाट अन्दाजी मूल्य रु. ८०,०००।–बराबरको लेहेङ्गा,सट पाईन्ट,सल लगायतका सामानहरु र भजनी न.पा. वडा नं.१ ठेगरपुर, ऐ.३ कनैयापुरबाट अन्दाजी मूल्य रु.१,५०,०००।–बराबरको प्याज,साईकलको टायर, साईकलको चेन, मोटरसाईकल थान-१ गरि जम्मा अन्दाजी मूल्य रु.२,४१,१००।– बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त.न.पा. वडा नं. ११ चौकीसत्ता, ऐ.१० बिद्युत कार्यालय नजिक र दोधारा चाँदनी न.पा.१० कुतियाकवरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१८,६००।–बराबरको चिनी,मिश्री,दाल,चना,प्लाष्टिक झिल्ली,कपास,पानीपुरी,पेय पदार्थ (डिउ) लगायत हाडबेयरका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।