अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१२-०९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ मिलनचोकबाट ४०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर,पुनर्वास न.पा.८ बस्ने बर्ष २३ को सन्दिप खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६ बैशाखाबाट १.६७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.लालझाडी गा.पा. ३ पर्सिया बस्ने बर्ष २१ को मनोज राना र जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ७ मनेहरा बस्ने बर्ष २७ को राम औतार रानालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । से.७ प ६३२८ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई ईलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लगि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ सहित निज दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।