अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.१ त्रिबेणीघाट,ऐ.९ भैंसीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४७,२००।–बराबरको प्याज,चिनी, होलीमा प्रयोग हुने रङग,बोईलर कुखुरा लगायतका सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
यसैगरी, धनगढी उ.म.न.पा. १२ जुगेडा स्थित हनुमान मन्दिर नजिक घरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१३,२००।–बराबरको खाद्यान्न,सुर्ती, किरानाका सामानहरु सहित सोही ठाउँ बस्ने बर्ष ३१ की सुस्मा जोशी तामाङ र बर्ष ३९ को बुद्धि सिंह लोपचनलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुको घरमा खानतलासी गर्दा उल्लेखित भन्सार छलिका सामानहरु फेला पारी आवश्यक प्रक्रिया पुरा गरि सामान सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उल्लेखित सामान र निज दुवैजनालाई आबश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त.न.पा. वडा नं. ४ बजार, ऐ.५ सुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८६,४२०।–बराबरको चिनी,दाल,तेल,चप्पल,बिजुलीका सामान,अन्य खुद्रा सामान,मोटरसाईकल थान-१ लगायतका सामानहरु र पुनर्वास न.पा.११ डाडागाँउ स्थित चर्च नजिकबाट अन्दाजी मूल्य रु. ६९,२००।–बराबरको पानी तान्ने पम्पमा प्रयोग हुने डोल्ची, वासर लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,५५,६२०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।