आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-१०
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, जयपृथ्बी न.पा.१० सदरमुकाम चैनपुर बजार स्थित सर्जन थापाको २ तले ६ कोठे पक्की घरको भुँई तलामा रहेको सिलाई सेन्टरमा अचानक बिद्युतको तार सर्ट भई शुक्रबार राती आगलागी हुँदा उक्त पसल र घर भित्र रहेका सर-सामानहरु जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानविय क्षती नभएको । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी,स्थानिय र दलकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।