चट्याङ लागेर मृत्यु
२०८०-१२-१०
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, जयपृथ्बी न.पा. ६ नौरा बस्ने बर्ष ५२ को गजेन्द्र बहादुर सिंह आफ्नै घर भित्र बसिरहेको अबस्थामा शुक्रबार राती एक्कासी चट्याङ लागेर निजको घटनास्थलमै मृत्यु भएको हो । उक्त चट्याङबाट सोही ठाउँका ७ जना मानिसहरु सामान्य घाईते भएका छन । घाईते मध्ये बर्ष १८ की शान्ति सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।