फरार प्रतिवादी पक्राउ
२०८०-१२-१०
- A
- A-
- A+
कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर वतनबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।
निम्न:-
१. बन मुद्दामा रु.६,९६२।६६ जरिवाना ठहर भएकी जानकी गा.पा. ८ बस्ने बिलासी देवी चौधरी ।
२. चेक अनादर मुद्दामा रु.२,०००।– जरीवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने ठाकुर प्रसाद सार्की ।
३. चेक अनादर मुद्दामा रु.१,९००।– जरिवाना ठहर भएका जानकी गा.पा. ७ बस्ने लौटन डगौरा ।
४. बन मुद्दामा रु.११,६८०।– जरिवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने तपेन्द्र बि.क. ।
५. चोरी मुद्दामा रु.२,८००।– जरिवाना ठहर भएका जानकी गा.पा. १ बस्ने धर्म राज रसाइली ।
६. बन मुद्दामा रु. १७,१४०।- जरिवाना ठहर भएका टिकापुर न.पा. ९ बस्ने शिब बहादुर थापा ।