अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह,ऐ.९ शान्तिनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३७,६८०।–बराबरको चिनी,मिश्री,बिडी,बोईलर कुखुरा लगायतका सामानहरु र टिकापुर न.पा. ४ स्थित भित्री सडक खण्डबाट अन्दाजी मूल्य रु. २,१६,०००।–बराबरको बोट उत्पादन गर्न प्रयोग हुने प्लाष्टिकको झिल्ली पोका थान २७० गरि जम्मा अन्दाजी मूल्य रु.२,५३,६८०।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु.७,५००।- बराबरको बोईलर कुखुरा शनिबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उल्लेखित कुखुरा प्रहरीले नष्ट गरेको हो ।