नदीमा डुवेर मृत्यु
२०८०-१२-११
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, जयपृथ्बी न.पा.७ धौलाबगर स्थित सेती नदीमा नुहाउने क्रममा डुबेर ऐ.६ बस्ने बर्ष अन्दाजी ४० को धनजित आग्रीको शनिबार दिउँसो मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु भएका गजेन्द्र बहादुर सिंहको दाह संस्कारको लागि मलामी गएका निज सेती नदीमा नुहाउने क्रममा बगेर अन्दाजी १ किलोमिटर तल नदीको किनारमा मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।