आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, घोडाघोडी न.पा.८ जडै बस्ने प्रेम बहादुर नेपालीको घरमा बिजुलीको तार सर्ट हुन गई शनिबार दिउँसो आगलागी हुँदा घरभित्र रहेका काठपात,लत्ताकपडा, अन्नपात र भाडाबर्तन गरी अन्दाजी रु. १,५०,०००।- (एक लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलगी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।