अबैध काठ बरामद
२०८०-१२-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गौरीगंगा न.पा.७ सोनपाल सामुदायिक वन स्थित सानटोन्द्रा भन्ने ठाउँबाट बेवारिसे अवस्थामा राखिएको सालको १२ गोलिया (९८.२९ क्युफिट) अबैध काठ शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको प्रहरी टोली र सव डिभिजन वन कार्यलय मसुरियाबाट खटिएको संयुक्त टोलीले उक्त अबैध काठ बेवारिसे अवस्थामा फेला पारि आवश्यक प्रक्रिया पुरा गरि कारवाहीको लागी सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको हो ।