ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८०-१२-११
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.०१ मोहन्याल बहुमुखी क्याम्पस नजिक भजनी-सुखड सडक खण्डमा से.१ त ८६३५ नम्बरको ट्याक्टरले सु.प.प्र.०१०१० प ९०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक सोही ठाँउ बस्ने बर्ष अन्दाजी २५ को धिरज चौधरीको शनिबार राती मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त ट्याक्टर प्रहरीले नियन्त्रणमा लिनुका साथै फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।