प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तालमा डुबी मृत्यु

२०८०-१२-१२

  • A
  • A-
  • A+
Share

  बाजुरा:- जिल्ला बाजुरा, खप्तडछेडेदह गा.पा.७ लमगाउँ बस्ने बर्ष अन्दाजी ३०/३२ को बिरेन्द्र बहादुर रावत ऐ.स्थित छेडेदह तालमा घुम्न गएको अवस्थामा उक्त तालमा रहेको डुङ्गामा चढी तालमा खेल्ने क्रममा अचानक डुङ्गा पल्टिन गई तालमा डुबेर निजको आईतबार दिउँसो मृत्यु भएको हो । निज सहित ७ जना आईतबार दिउँसो तालमा रहेको डुङ्गामा चढी खेल्ने क्रममा डुङ्गा पल्टिन गई निज बिरेन्द्र बहादुर रावत तालमा डुबि बेपत्ता भएका थिए भने अन्य ६ जना पौडी खेली स-कुशल बाहिर निस्केका हुन । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट प्रहरी टोली खटिई गई निजलाई तालबाट मृत अवस्थामा फेला पारेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०१-२४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष ४६ को अनिल चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०४।३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १५ दिन कैद सजाय र रु. २,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर,लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष ५५ को सुखराम रानालाई इलाका प्रहरी कार्यालय शंकरपुर,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२३  गते पक्राउ गरेको ।  

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा मृत्यु, घाईते
२०८३-०१-२४

      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.८ स्थित भित्रि सडक खण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.८ पारीफाटा बस्ने बर्ष ४५ को मिन बहादुर जागरी गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा वुधबार वेलुकी मृत्यु भएको हो, सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ५५ को मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा न.पा.८ पारीफाटा बस्ने बर्ष ४२ को कम्मान सिह ठगुन्ना घाइते भई मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ  । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।