प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८०-१२-१२

  • A
  • A-
  • A+
Share

    बझाङ:- जिल्ला बझाङ, बिथ्थडचिर गा.पा.९ बागथला स्थित भान बहादुर बिष्टले संचालन गरेको जस्ताका पाताले बनेको ४ कोठे भुईतले होटेल र खुद्रा पसलमा आईतबार राती अचानक आगलागी हुँदा उक्त होटेल र पसल भित्र रहेका सर-सामानहरु जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानविय क्षती नभएको । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    बाजुरा:- जिल्ला बाजुरा, बडिमालिका न.पा. ६ कोर्ध स्थित अमर बडुवाल र बल बहादुर बडुवालको सँगै जोडिएको ढुङ्गा र माटोले बनेको सिलेटले छाएको ३ तले घरमा बिजुलीको लाईन सर्ट हुन गई  आईतबार साँझतिर अचानक आगलागी हुँदा घर र घर भित्र रहेका सरसामानहरु जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानविय/चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।  

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।