अबैध काठ बरामद
२०८०-१२-१३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, कैलारी गा.पा. ७ हुलाकी सडक स्थित २ वटा राँगा गाडामा सालको गोलिया थान-२ (५३ क्युफिट) अबैंध काठ र ऐ.स्थित साहारा सामुदायिक वन भित्र लुकाई-छिपाई राखेको अवस्थामा सालको गोलिया थान-२ (४० क्युफिट) सोमबार ईलाका प्रहरी कार्यालय रामपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारि आवश्यक प्रक्रिया पुरा गरि,राँगा गाढा र उक्त काठ आवश्यक कारवाहीको लागि प्रहरीले इलाका वन कार्यालय बसन्ताको जिम्मा लगाएको हो ।