प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

      बैतडी:- सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा ३ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला बैतडी,सिगास गा.पा.३ बस्ने अमर सिह धामी, ऐ.बस्ने सोही मुद्दाको ३ दिन कैद सजाय ठहर भएका मनोज सिह धामी र ऐ.बस्ने सोही मुद्दाको ५ दिन कैद सजाय ठहर भई फरार रहेका  राजेन्द्र सिह धामीलाई सोमबार जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निज तीनै जनालाई सम्मानित अदालत समक्ष प्रहरीले पेश गरेको हो ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।