फरार प्रतिवादी पक्राउ
२०८०-१२-१५
- A
- A-
- A+
कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय र रु.१०,०००।– (दश हजार) जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली,धनगढी उ.म.न.पा. १५ उर्मा बस्ने बर्ष ३५ को कुबेर चौधरीलाई बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ऐ.२ ट्राफिक चोकबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।