अबैध काठ बरामद
२०८०-१२-१९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१७ पथरी गाउँ स्थित सोही ठाउँ बस्ने बर्ष ५९ को राम प्रसाद चौधरीको घरको आगनमा डल्लबमा लोड गरी राखेको सालको गोलिया थान-१ (१८ क्युफिट) अबैध काठ प्रहरीले आईतबार राती नियन्त्रणमा लिएको हो । प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले डल्लबमा लोड गरि राखेको अवस्थामा उक्त अबैध काठ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि कारवाहीको लागि निज राम प्रसाद चौधरी सहित काठ र डल्लबलाई प्रहरीले सब डिभिजन बन कार्यालय फुलबारीको जिम्मा लगाएको हो ।