प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०१-०६

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिकबाट,ऐ.३ ब्यारेल नजिकबाट, ऐ.९ बाङ्ग्राकटानबाट र ऐ.१३ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३४,४६०।–बराबरको प्याज,लेडिज कुर्ती,सारी,सुर्ती,लेडिज कुर्ता सुरुवाल,चिनी,प्लाष्टिकको खेलौना,नमकिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      

        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ बनगाँउ र ९ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,४००।- बराबरको चिनी,दाल,खानेतेल,पास्ता लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय ब्रहमदेव र अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१६

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खैरीपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको हाफ सर्ट, भेस्ट लगायतका सामानहरु शुक्रबार प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा. ४ तरकारी वजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।– बराबरको माछा शुक्रबार जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।