अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८३-०२-१५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.१ बनखेत स्थित पुर्व
पश्विम राजमार्गमा पुर्वबाट अत्तरियातर्फ आउँदै गरेको भि.न.पा.००-१ ह ०८७० नम्बरको
अटोको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ६० की पशुपति नेपालीको विहीबार
वेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई निसर्ग अस्पताल
धनगढीमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषण गरेको हो । अटो र अटो चालक सोही
न.पा.११ ओलानी बस्ने बर्ष ५५ को प्रेम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।