अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-०७
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ मिनि
मार्केट स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८४०
मिलिग्राम सहित जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.वडा नं १ पशुपति टोल बस्ने
वर्ष २४ को जनक खड्कालाई शनिवार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको
प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कञ्चनपुर
भिमदत्त न.पा. वडा नं ११ होल्डिङ सेन्टर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ४ ग्राम ५७ मिलिग्राम सहित जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. वडा नं
८ झलारी बस्ने वर्ष २३ को धिरेन्द्र महरालाई शनिवार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी,
कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी
पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।