फरार प्रतिवादी पक्राउ
२०८३-०५-०६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी
ज्यान मुद्दामा ३ वर्ष कैद सजाय र रु.३०,०००।- ( तिस हजार ) जरिवाना तोकिएको जानकी
गा.पा.८ बस्ने बर्ष ४० को रामस्वरुप चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो निजकै घर ठेगानाबाट
पक्राउ गरेको छ ।
डोटी:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०७५।०८।११ गतेको
फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना २२ दिन कैद सजाय तोकिएको बडिकेदार गा.पा.४
मन्नाकपाडी बस्ने वर्ष ३६ को चन्द्र बहादुर मन्नीलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट
खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो सिलगढी बजारबाट पक्राउ गरेको छ ।
अछाम:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८३।०१।२४ गतेको
फैसलाले हातहतियार सम्बन्धी मुद्दामा ६ महिना कैद सजाय र रु.५,०००।- ( पाँच हजार ) जरिवाना तोकिएको मंगलसेन न.पा.३ बस्ने मोहन बम बोगटीलाई प्रहरी चौकी
मंगलसेन, अछामबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो
निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।