प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८३-०५-०५

  • A
  • A-
  • A+
Share

कैलाली, लम्कीचुहा नगरपालिका-७ हरैयापुर बस्ने ७० वर्षीया गोमा जाग्रीको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडि कपडा सुकाउने क्रममा विजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०४

कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ देवरिया स्थित बर्ष ३८ की निर्मला जोशीले घरमा भण्डारण गरी राखेको अवस्थामा अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,४२,०००।–  बराबरको कुर्ति, धोति, गाउन लगायतका सामानहरु बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी वरामद गरी उक्त सामान र निज निर्मला जोशीलाई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय त्रिनगर, कैलालीमा पठाएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३१,१५०।– बराबरको पेय पदार्थ, खाने तेल, कुरकुरे, मलखाद लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।