अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ देवरिया स्थित बर्ष ३८ की निर्मला जोशीले
घरमा भण्डारण गरी राखेको अवस्थामा अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका
अन्दाजी मूल्य रु.१,४२,०००।– बराबरको कुर्ति, धोति, गाउन
लगायतका सामानहरु बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी
वरामद गरी उक्त सामान र निज निर्मला जोशीलाई आवश्यक कारवाहिको लागी भन्सार
कार्यालय त्रिनगर, कैलालीमा पठाएको छ ।
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी
मूल्य रु.३१,१५०।– बराबरको
पेय पदार्थ, खाने तेल, कुरकुरे, मलखाद लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत
कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरी नियन्त्रणमा लिएको छ ।