अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-०२
- A
- A-
- A+
कैलाली
:- जिल्ला कैलाली टीकापुर
न.पा.वडा नं २ कोठारपुर स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४
ग्राम ८९० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २९ को सुभाष शाही र २६ वर्षिया
तिलक बुढालाई सोमबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट
खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ
गरेको छ ।
यसैगरी, जिल्ला
कैलाली गोदावरी न.पा. ५ गेटा चेकपोष्ट स्थित अवैध लागूऔषध खैरो हेरोइन जस्तो
देखिने पदार्थ २ ग्राम २०० मिलिग्राम सहित जिल्ला कन्चनपुर कृष्णपुर न.पा.८ वस्ने
वर्ष २३ को जगदिश विष्टलाई सोमबार साँझ प्रहरी चौकी गेटा,कैलालीबाट खटिएको प्रहरी
टोलीले सु.प.प्र.०२-००४ प ४५४३ नम्वरको मोटरसाइकलमा सवार निजलाई शंका लागि चेकजाँच
गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको छ ।