अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली
धनगढी उ.म.न.पा. वडा नं २ फन पार्क र धनगढी उ.म.न.पा.९ बङ्ग्रा कटान स्थितबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,८१,७३०।– (
एक लाख एकासी हजार सात सय तिस रुपैंया ) बराबरको कपडा, सुर्ति र बिडी लगायतका
सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट
खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर :- जिल्ला कञ्चनपुर
भिमदत्त न.पा. वडा नं ११ गड्डाचौकी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी
ल्याएका अन्दाजी मूल्य रु. ३,०५,०००।–(तिन
लाख पाँच हजार रुपैंया ) बराबरको
कपडा, हार्डवेयर सामान,
मोबाइल
कभर र किराना लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट
खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।