भन्सार छली गरी ल्याएको सुन सहित एक जना पक्राउ
२०८३-०५-०३
- A
- A-
- A+
कैलाली, ३ भदौ
धनगढी
उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८ सय ८० मिलिग्राम तौल
बराबरको सुन जस्तो देखिने पदार्थ सहित बाँके नेपालगंज उपमहानगरपालिका-९ बस्ने ३६
वर्षीय दिपक गौरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी
पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।