प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८३-०५-०४

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली भजनी न.पा.४ कुडी स्थित भजनी सुख्खड सडक खण्डमा सु.प.प्र.०१-०१२ प १६५१ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको सालको रुखमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही न.पा.१ मधुवन शिविर वस्ने बर्ष ३० को मुकेश चौधरी गम्भीर घाइते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र भजनी, कैलाली लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको छ ।  दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०४

कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ देवरिया स्थित बर्ष ३८ की निर्मला जोशीले घरमा भण्डारण गरी राखेको अवस्थामा अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,४२,०००।–  बराबरको कुर्ति, धोति, गाउन लगायतका सामानहरु बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी वरामद गरी उक्त सामान र निज निर्मला जोशीलाई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय त्रिनगर, कैलालीमा पठाएको छ ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३१,१५०।– बराबरको पेय पदार्थ, खाने तेल, कुरकुरे, मलखाद लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-०२

कैलाली :- जिल्ला कैलाली टीकापुर न.पा.वडा नं २ कोठारपुर स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८९० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २९ को सुभाष शाही र २६ वर्षिया तिलक बुढालाई सोमबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।  यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा. ५ गेटा चेकपोष्ट स्थित अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २०० मिलिग्राम सहित जिल्ला कन्चनपुर कृष्णपुर न.पा.८ वस्ने वर्ष २३ को जगदिश विष्टलाई सोमबार साँझ प्रहरी चौकी गेटा,कैलालीबाट खटिएको प्रहरी टोलीले सु.प.प्र.०२-००४ प ४५४३ नम्वरको मोटरसाइकलमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको छ ।