लोडर दुर्घटना हुँदा १५ वर्षिय वालकको मृत्यु
२०८३-०५-०६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली
जानकी गा.पा.७ चिलिम चौराहा स्थित सु.प.प्र.०१-००१ स ५४३९ नम्बरको पानी बोक्ने
लोडर अनियन्त्रीत भई शुक्रबार राति दुर्घटना हुँदा लोडरमा सवार टीकापुर न.पा.१
बनगाँउ बस्ने १५ वर्षिय लक्ष्मण घर्ती मगर गम्भीर घाइते भई उपचारको लागि टीकापुर
अस्पताल टीकापुर लगिएकोमा उपचारको क्रममा गएराति मृत्यु भएको छ । साथै उक्त लोडरमा
चालक सहित ४ जना सवार रहेकोमा अन्य ३ जना र लोडर इलाका प्रहरी कार्यालय टिकापुर,
कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । दुर्घटना सम्बन्धमा
अनुसन्धान भईरहेको छ ।