प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८१-०१-०८

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।१०।०८ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय र रु.७०,०००।-(सत्तरी हजार ) जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ सुकासाल बस्ने बर्ष ५१ को करन चन्दलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-२१

   कञ्चनपुर:- मिति २०८१।०१।२० गते १७:४० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. ४ बैवाह बस्ने जैशी बुढाको घर नजिक बच्चाहरु प्लास्टिक जलाई आगो खेली रहेको अवस्थामा एक्कासी हावा हुरीले आगो उडाई दुई तले चार कोठे खरले छाएको घर र सँगै टाँसिएको टिनले छाएको दुई तले २ कोठे दुईवटा घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खाद्यान्न, भाँडा वर्तन,लत्ता कपडा, नागरीकता, लाल पुर्जा, जन्म दर्ता, काठ लगायतका सामानहरु गरि अन्दाजी रु. ७,२२,२५०।–  बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।      बाजुरा:- मिति २०८१।०१।२० गते १६:३० बजेको समयमा जिल्ला बाजुरा, बुढीगंगा न.पा. ४ कोटबाडा स्थित सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ वस्ने बस्ने बर्ष ४५ को मोहन नेपालीको ढुङ्गा माटोले बनेको टिनले छाएको चार कोठे कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद,खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामानहरु जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०१-२१

  कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।२० गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   निम्न:-१. हातहतियार खरखजना मुद्दामा २ महिना २९ दिन कैद सजाय र रु.६,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा. १० बस्ने बर्ष २७ को प्रदेश चौधरी ।२. बन मुद्दामा रु.२०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ६५ को लाल बहादुर साँउद ।३. चेक अनादर मुद्दामा रु. .४००।-  जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ९ बस्ने बर्ष ३४ को दुर्गा बहादुर कार्की ।४. बोक्सि आरोप मुद्दामा जरिवाना ११ महिना १० दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ५२ को देव बहादुर लुहार ।

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-२१

   कैलाली:- मिति २०८१।०१।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बालुवाघाट, ऐ.३  ट्राफिक चौराह, भजनी न.पा.५ हलौनाघाट, जोशीपुर गा.पा. ३ मनिकापुर र कैलारी गा.पा. ४ भितरिया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९५,००५।–बराबरको प्याज, चिनी, मिश्री, गुड, प्लाष्टिक झिल्ली, खुर्सानी, नरिवल, सरफ, Hand Gloves, ACENOFF-PLUS, VENTIMOX-PLUS LB, BENTNOVATE-L, EPSOM SALT, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।   कञ्चनपुर:- मिति २०८१।०१।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ९ मटेना, ऐ. १० सुकासाल, ऐ.१२ भाइरल पुल र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,६३,६३०।–बराबरको प्याज, चिनी, मिश्री, अचार, omega 3 fatty acid, cod liver oil, evening primrose oil, vitamin Sofitel capsule, multivitamin & amp; Antioxidant soft jell gelatin capsules, omega 3 fatty acid soft gel capsules, माछा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-२०

   कञ्चनपुर:- मिति २०८१।०१।१९ गते १३:४० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. २ ढकनिया बस्ने करन बिष्टको घर नजिक रहेको खेतको गहुँ नलमा लगाइएको आगोबाट गाई गोठमा आगलागी हुँदा गोठ भित्र रहेको भुसा,पराल, काठ लगायतका सामानहरु गरि अन्दाजी रु.६०,०००।–  बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।      यसैगरी, मिति २०८१।०१।१९ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. १  जयशंकर सामुयिक बनमा लागेको आगोबाट सोही ठाउँ बस्ने रमेश बुढाको भुईतले काठ र जस्ता पाताले बनेको कच्ची गाई गोठमा आगलागी हुँदा गोठमा लगाएको काठ,जस्ता पाता, र गोठ भित्र रहेको पराल  लगायतका सामानहरु गरि अन्दाजी रु.१,५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।      कैलाली:- मिति २०८१।०१।१९ गते १६:२५ बजेको समयमा जिल्ला कैलाली, बर्दगोरिया गा.पा.३ खैरेनी बस्ने ठेउके दमाईको काठले बनेको र टायलले छाएको २ तले, ४ कोठे कच्चि घर र सोही आगोबाट रबि जनालाको नजिकै रहेको कुखुराको खोरको छानामा आगलागी हुँदा अन्दाजी रु.२,३५,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको । प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।