प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टरको टायर मुनी च्यापिएर मानिसको मृत्यु

२०८१-०१-१०

  • A
  • A-
  • A+
Share

     बैतडी:- जिल्ला बैतडी, डिलासैनी गा.पा.१ स्थित वडा नं. १ को कार्यालय नजिकै बसन्तपुर तुफानडाँडा भन्ने स्थानमा बर्मबाट सिमार बैतडी तर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४६८६ नम्बरको  ट्याक्टरको ढालामा सवार सोही ठाउँ बस्ने अन्दाजी बर्ष २५ को नरेन्द्र प्रसाद भट्ट एक्कासी ढालाबाट खसेर ट्याक्टरको पछाडीको टायर मुनी च्यापीन गई आईतबार दिउँसो निजको घटनास्थलमा नै मृत्यु भएको हो । निजको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी सिमार बैतडीबाट प्रहरी टोली खटिई गई ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मृत्यु
२०८१-०१-२३

   डडेल्धुरा:- मिति २०८१।०१।२२ गते २२:३० बजेको समयमा जिल्ला डडेल्धुरा, नवदुर्गा गा.पा.४ सिरुडा स्थित भित्री सडक खण्डमा बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सन प्रा.लि.को क्याम्प तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००१ क ९६५१ नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खसेर चालक जिल्ला धादिङ गजुरी गा.पा. ७ बस्ने बर्ष अन्दाजी ४० को धिरज थापामगर र ऐ. रोडाङ गा.पा. बस्ने बर्ष अन्दाजी २७ को बिष्णु बि.क. को उपचारको क्रममा डडेल्धुरा अस्पताल डडेल्धुरामा मृत्यु भएको, दुर्घटनामा घाईते भएका जिल्ला धादिङ, रोडाङ गा.पा. बस्ने बर्ष अन्दाजी ३१ को सुदिप बि.क र जिल्ला, डडेल्धुरा नवदुर्गा गा.पा. ४ बस्ने बर्ष अन्दाजी २८ को हिक्मत बि.क.को डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको, अवस्था मध्यम ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-२३

   बाजुरा:- मिति २०८१।०१।२२ गते १३:१० बजेको समयमा जिल्ला बाजुरा, स्वामीकार्तीक खापर गा.पा.३ बस्ने अम्मर कट्टेलको ढुङ्गा माटोले बनेको खरले छाएको ३ तले ९ कोठे कच्ची घर, पवन कट्टेलको ढुङ्गा माटोले बनेको खरले छाएको गाईवस्तु बाध्ने २ तले गोठ र गौरी कट्टेल समेतको घरमा आगलागी हुँदा घर र गाईगोठ भित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा बर्तन, काठ लगायतका सामानहरु जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, क्षतीको एकिन विवरण आउन वाँकि रहेको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२३

   कैलाली:- मिति २०८१।०१।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१० चकमेलीघाट, ऐ. १५ कनरी र टीकापुर न.पा.१ नयाँबस्ती स्थित भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,५४०।– बराबरको प्राउन, पेय पदार्थ, बोईलर कुखुरा, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको  ।   कञ्चनपुर:- मिति २०८१।०१।२२ गते०६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ४ “घ” गाँउ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,६००।–बराबरको पेय पदार्थ,बोईलर कुखुरा, माछा लगायतका सामानहरु इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको  ।