प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १४ जना पक्राउ

२०८१-०१-११

  • A
  • A-
  • A+
Share

      कैलाली:-जिल्ला कैलाली, टिकापुर न.पा.१ ब्लक नं. १८ स्थित ऐ.२ बस्ने सिद्धराज ठकुल्लाले सञ्चालन गरेको होटेलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा निज सञ्चालक सहित चौध जना मानिसहरुलाई आईतबार प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुलाई नगद रु. २५,९५५।– (पच्चिस हजार नौ सय पचपन्न) र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।