जुवातास खेलिरहेको अबस्थामा १४ जना पक्राउ
२०८१-०१-११
- A
- A-
- A+
कैलाली:-जिल्ला कैलाली, टिकापुर न.पा.१ ब्लक नं. १८ स्थित ऐ.२ बस्ने सिद्धराज ठकुल्लाले सञ्चालन गरेको होटेलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा निज सञ्चालक सहित चौध जना मानिसहरुलाई आईतबार प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुलाई नगद रु. २५,९५५।– (पच्चिस हजार नौ सय पचपन्न) र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।