प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०१-१२

  • A
  • A-
  • A+
Share

     डोटी:- जिल्ला डोटी, जोरायल गा.पा.२ धारापानी स्थित भिमदत्त राजमार्गमा डडेल्धुराबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ख ००१२ नम्बरको खाली ट्याङ्कर र बिपरित दिशाबाट आउँदै गरेको सु.प.प्र.०१०११ प ५२१९ नम्बरको मोटरसाईकल एक-आपसमा ठोकिन जाँदा मोटरसाईकल चालक जिल्ला कैलाली जानकी गाउँपालिका ९ कटांसे बस्ने बर्ष ३६ को रमेश बि.क.को बुधबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएकी मोटरसाईकल पछाडी सवार निजकी श्रीमती बर्ष ३५ की लक्ष्मी बि.क.को सोही अस्पतालमा उपचार भईरहेको छ । ट्याङकर र चालक जिल्ला डडेल्धुरा अमरगढी न.पा.८ बस्ने बर्ष ३८ को गोविन्द राज पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.३ दैजि स्थित पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको म १ प ५२८२ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको म २ प ३५५६ नम्बरको मोटरसाईकल एक-आपसमा ठोकिन जाँदा म १ प ५२८२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाईकल चालक जिल्ला कञ्चनपुर बेदकोट न.पा.२ बस्ने बर्ष २६ को श्रीधर नाथको बुधबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ५५ को राम बहादुर मिजार, बिपरीत दिशाबाट आईरहेको म २ प ३५५६ नम्बरको  मोटरसाईकल चालक ऐ. ३ बस्ने बर्ष २५ को नबिन टमटा र सोही मोटरसाईकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २६ की कबिता टमटा समेत तिनै जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको छ । सवारी साधन प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०४-०१

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।३२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २७ को विजय आचार्य । २. सवारी ज्यान कसुर मुद्दामा १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २८ को नमराज चापागाई ।३. लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.५०००।– जरिवाना तोकिएकी लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष ३१ की दिपा कुमारी बिष्ट (साउँद) ।

अबैध हातहतियारसहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

    कैलाली:- मिति २०८२।०२।३० गते १६:१५ बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले जिल्ला कैलाली भजनि न.पा.-९ आमबाडी स्थित बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्नानुसारका हातहतियार सहित निम्न मानिसहरुलाई आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।नियन्त्रणमा लिएका मानिसहरु:-१. जि.कैलाली भजनि न.पा.-९ बस्ने बर्ष ५० को दिलिप कार्की ।२. ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की ।३. ऐ.-५ बस्ने बर्ष ३० को सुरेश बिक ।बरामद गरीएका हातहतियार, गोलीगठ्ठा र अन्य सामानहरु :-१.NF BABY लेखिएको पेस्तोल थान-१, ऐ.को गोलि राउण्ड – ११, म्यागजिन थान-१ ।२. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१, ऐ.को गोली राउण्ड -२४ ।३.कटुवा पेस्तोल थान-१ ।४.भरुवा बन्दुकको काठ मात्र थान-१, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ ।५.मयुरको प्वाख २ गुच्चा ।६. जरायोको सिंह थान-३ ।      सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।