प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल जलेर नष्ट

२०८१-०१-१५

  • A
  • A-
  • A+
Share

    कैलाली:- लम्कीचुहा नगरपालिका-३ बादीबस्ती बस्ने २६ वर्षीय पारस बादीको कच्ची घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-३०

    कैलाली:- मिति २०८१।०१।२९ गते ०६:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४९,०००।– बराबरको लेडिज सुट-७० पिस जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०१।२९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ ट्राफिक चोक र पुनर्वास न.पा.११ टाउके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३७,५२०।– बराबरको प्याज, बिडी, सुर्ती, पेय पदार्थ, ततकारीको बिउ, घाँसको बिउ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

फरार प्रतिवादी पक्राउ
२०८१-०१-२९

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.५००।- जरिवाना ठहर भई फरार रहेका गोदावरी न.पा.१ बस्ने बर्ष ५९ को चन्द्रदेब पन्तलाई मिति २०८१।०१।२८ गते इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित अदालत समक्ष पेश गरेको । कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय र रु.२,०००।- जरिवाना ठहर भई फरार रहेका भिमदत्त न.पा. ६ घर भई हाल भारतको पिथौरागढमा होटल संचालन गरी बस्दै आएका बर्ष ५० को जनक राज जोशीलाई मिति २०८१।०१।२८ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतको पिथौरागडबाट पक्राउ गरेको हो ।  बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले लागू औषध चरेश मुद्दामा ४ महिना १९ दिन कैद सजाय र रु.२,०००।- जरीवाना ठहर भई फरार रहेका सुर्नया गा.पा.५ बस्ने बर्ष ३५ को  सुरेश बहादुर बिष्टलाई मिति २०८१।०१।२८ गते जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द न.पा.४ छेला बजारबाट पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२९

   कैलाली:- मिति २०८१।०१।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.४ बसपार्क र ऐ. धनगढी उ.म.न.पा.९ त्रिवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२८,८००।– बराबरको सुटपिस, कुर्ती, सुरवाल, ट्राउजर, लेडिज पाईन्ट  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।   कञ्चनपुर:- मिति २०८१।०१।२८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९६,८७५।– बराबरको चिनी, मिश्री, दाल, मटर, बच्चाको टिसर्ट/पाईट, सर्ट, अन्डवयर, पङखाको सेल, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।