प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : सार्वजनिक जमघट
समझदारी पत्रमा हस्ताक्षर
२०८०-०६-०१

धनगढी, ०१ गते असोज,   आज मिति २०८०।०६।०१ गतेका दिन धनगढी उप-महानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलाली बीच धनगढी उप-महानगरपालिका वडा नं.१४ स्थित जेष्ठ नागरिक भवनमा आसरा सुधार केन्द्र फुलबारी स्थापना गर्ने समझदारी भएको छ । धनगढी उप-महानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमाल ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीका प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराज्यू बीच समझदारी पत्रमा हस्ताक्षर भई समझदारी पत्र आदान प्रदान गर्नु भएको हो । धनगढी उप-महानगरपालिका नगर कार्य पालिकाको कार्यालयको नवौं स्थापना दिवसको बिशेष समारोह,२०८० को कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रदेश अन्तरगत लागू औषधको दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणस्तरिय उपचारको ब्यबस्था गरि असल र सिर्जनशिल नागरिक बनाई परिवार र समाजमा पुन:स्थापना गर्नु सुधार केन्द्रको उद्देश्य रहेको छ ।  

जुवातास खेलिरहेका मानिसहरु पक्राउ
२०८०-०२-१६

कञ्चनपुर- वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भि.न.पा.४ बसपार्क स्थित लाल बहादुर चौधरीले सञ्चालन गरेको रतगैया होटेलबाट  सोमबार दिउसो जुवातास खेलिरहेको अबस्थामा लाल बहादुर चौधरी सहित निम्न स्थान बस्ने १० जना मानिसहरु, नगद रु. १,५६,२९५।- ( एक लाख छपन्न हजार दुई सय पञ्चानब्बे), ६ गड्डी तास र मोबायल थान-११ सहित  प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।                                निम्न:-१. जिल्ला कञ्चनपुर भि.न.पा.४ बस्ने लाल बहादुर चौधरी २. ऐ.ऐ. बस्ने बर्ष ४९ को मुन्ना भन्ने धिरेन्द्र चौधरी३. ऐ.ऐ. ११  बस्ने बर्ष ३८ को प्रकाश थापा४. ऐ.ऐ. ४ बस्ने बर्ष ३६ को  सञ्जु राना मगर५. ऐ.ऐ. १८ बस्ने बर्ष ३७ को नारायण चन्द६. ऐ.ऐ. १ बस्ने बर्ष ३२ को राकेश साँउद७. ऐ.ऐ. बस्ने बर्ष ४४ को  देब राज नाथ८. ऐ.ऐ. बस्ने बर्ष ४० को शेर सिंह बिष्ट९. ऐ.ऐ. बस्ने बर्ष ३५ को धर्मानन्द भट्ट१०. ऐ.ऐ. बस्ने बर्ष ३५ को हर्क बोहोरा