प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानिमा डुबी मृत्यु

२०८१-०१-२३

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०१।२२ गते १६:५५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.५ भुकुण्डा स्थित दोदा नदिमा बेलौरी न.पा.७ शान्तिपुर बस्ने बर्ष अन्दाजी १७ को राजेन्द्र कुँवर र बर्ष अन्दाजी १७ को बिजय कुँवर नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट प्रहरी टोली खटिई गई निजलाई मृत अवस्थामा फेला पारेको ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१२

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१५,६५०।– बराबरको चिनी, बिडी, सुर्ति, बुक्रम, भाँडा वर्तन, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१३,३९०।– बराबरको सुटपिस, धोति, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१०

   कैलाली:-  जिल्ला कैलाली गोदावरी न.पा. वडा नं ३ चौकीडाँडा स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को विश्वेश्वर प्रसाद भट्टराईलाई इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा. वडा नं १२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को टेक बहादुर धामीलाई इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. वडा नं ५ चिनिमिल जंगल किनार भित्री सडक खण्डबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३९० मिलिग्राम सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.वडा नं ६ बसन्तपुर टोल बस्ने वर्ष २७ को मोहन देव जोशीलाई इलाका प्रहरी कार्यालय गुलरिया,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।