अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१६
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,३९,०००।– बराबरको सुटपिस, कुर्ति, सुर्ति लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ तिनताराबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,७३८।– बराबरको मुकुट, माला, चोली, बासुरी लगायतका सामानहरु सोमबार अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।