अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ स्थित लागूऔषध रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ९१० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को ललित साउदलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार राति निजको घर कोठा खाँनतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.१० बिकाश बस्तीबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३२ को होसियार रानालाई सोमबार दिउँसो प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१ डाँडाबिछवा स्थित लागूऔषध बिक्रि वितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाका आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को राजेश रानालाई सोमबार दिउँसो प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१ डाँडाबिछवाबाट लागूऔषध बिक्रि वितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाका आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोरलाई सोमबार दिउँसो प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।