प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८३-०५-१४

  • A
  • A-
  • A+
Share

     बाजुरा:- जिल्ला बाजुरा स्वामिकार्तिक खापर गा.पा.वडा नं १ बमझाडा बस्ने जय धन कामीको घरमा खाना पकाउने क्रममा शनिबार बिहान आगलागी हुँदा अन्दाजी रु.२,५०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१४

     कैलाली:-  जिल्ला कैलाली लम्कि चुहा न.पा. १ बनाना होटलमा बसिरहेको अवस्थामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १५० मिलिग्राम सहित जिल्ला कैलाली जानकि गा.पा.वडा नं ६ बस्ने वर्ष ३१ को प्रेम ब.चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कि,कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार राती शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा. ९ खक्रौला चेक पोष्ट स्थित सडक खण्डमाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८० मिलिग्राम सहित ऐ.ऐ. वडा नं १ बस्ने १८ वर्षिया किशोरलाई प्रहरी चौकी कालाकुण्डा,कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१४

   कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७२,६६०।– बराबरको कपडा, सुर्ति र बिडि लगायतका सामानहरु शनिवार  जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं २ खैरेनी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३८,७००।– बराबरको पेय पदार्थ,सुर्ति,बिडी र चिनि लगायतका सामानहरु शनिबार प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८३-०५-१३

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ गजरौला स्थित गोप्य सुचनाको आधारमा अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १३ किलो ९०५ ग्राम सहित जिल्ला बझाङ, बुंगल न.पा.१ दहबगर बस्ने वर्ष २२ को कलक धामीले चलाएको सु.प.प्र.०१-००१ च ४८११ नम्बरको सेतो रंगको बलेरो पिकअप जिप र सोही जिपमा सवार ऐ. केदारस्यु गा.पा.७ काँडाचौर बस्ने वर्ष ५० को करन धामीलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिपको बोनटमा लुकाई चिपाई राखेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, जिप सहित दुवै जनालाई पक्राउ गरेको छ ।       बझाङ:-  जिल्ला बझाङ बित्थडचिर गा.पा.४ मल्लो भत्तडा स्थित सोही ठाउँ बस्ने वर्ष ३१ को विर बहादुर बोहराले सञ्चालन गरेको बोहरा किराना पसलमा  जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा ४०० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ  फेला पारी उक्त चरेश सहित निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।