अवैध लागूऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८३-०५-१३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ गजरौला स्थित गोप्य सुचनाको आधारमा अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १३ किलो ९०५ ग्राम सहित जिल्ला बझाङ, बुंगल न.पा.१ दहबगर बस्ने वर्ष २२ को कलक धामीले चलाएको सु.प.प्र.०१-००१ च ४८११ नम्बरको सेतो रंगको बलेरो पिकअप जिप र सोही जिपमा सवार ऐ. केदारस्यु गा.पा.७ काँडाचौर बस्ने वर्ष ५० को करन धामीलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिपको बोनटमा लुकाई चिपाई राखेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, जिप सहित दुवै जनालाई पक्राउ गरेको छ ।
बझाङ:- जिल्ला बझाङ बित्थडचिर गा.पा.४ मल्लो भत्तडा स्थित सोही ठाउँ बस्ने वर्ष ३१ को विर बहादुर बोहराले सञ्चालन गरेको बोहरा किराना पसलमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा ४०० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त चरेश सहित निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।