प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मानिस पक्राउ

२०८३-०५-१२

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७४० मिलिग्राम सहित सोही नगरपालिका-२ अस्नेरी बस्ने ३१ वर्षीय राजेश चौधरीलाई बिहीबार दिउँसो प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१२

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१५,६५०।– बराबरको चिनी, बिडी, सुर्ति, बुक्रम, भाँडा वर्तन, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१३,३९०।– बराबरको सुटपिस, धोति, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।  

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१०

   कैलाली:-  जिल्ला कैलाली गोदावरी न.पा. वडा नं ३ चौकीडाँडा स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को विश्वेश्वर प्रसाद भट्टराईलाई इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा. वडा नं १२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २८ को टेक बहादुर धामीलाई इलाका प्रहरी कार्यालय अत्तरिया,कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. वडा नं ५ चिनिमिल जंगल किनार भित्री सडक खण्डबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३९० मिलिग्राम सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.वडा नं ६ बसन्तपुर टोल बस्ने वर्ष २७ को मोहन देव जोशीलाई इलाका प्रहरी कार्यालय गुलरिया,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध भन्सार छलिका सामान सहित ४ जना मानिस पक्राउ
२०८३-०५-०९

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१६ मझगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९,१२,५९६।- बराबरको IPHONE मोवाईल थान-५ सहित दोधरा चाँदनी न.पा.९ बस्ने वर्ष २६ को गौतम जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ फेला पारी उक्त IPHONE  सहित निजलाई नियन्त्रणमा लिएको छ ।     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,९६,२००।- बराबरको चिनी ९ वोरा, वाटरमेलन सिड्स (खर्भुजाको बिउ) २७ वोरा र साइकल थान-२ सहित भारत लखिमपुर कमलापुर बस्ने वर्ष ३२ को शिवानन्द शर्मा, ऐ.ऐ. बस्ने वर्ष ३० को वाहिद अली र  जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बस्ने वर्ष २० को कैलाश जोशीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले गएराति फेला पारी उक्त सामान सहित निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको छ ।     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,७८,०००।– बराबरको साडी, बोईलर कुखुरा लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।