अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१२
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१५,६५०।– बराबरको चिनी, बिडी, सुर्ति, बुक्रम, भाँडा वर्तन, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,१३,३९०।– बराबरको सुटपिस, धोति, किराना लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।