अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१४
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७२,६६०।– बराबरको कपडा, सुर्ति र बिडि लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं २ खैरेनी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३८,७००।– बराबरको पेय पदार्थ,सुर्ति,बिडी र चिनि लगायतका सामानहरु शनिबार प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।