अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली लम्कि चुहा न.पा. १ बनाना होटलमा बसिरहेको अवस्थामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १५० मिलिग्राम सहित जिल्ला कैलाली जानकि गा.पा.वडा नं ६ बस्ने वर्ष ३१ को प्रेम ब.चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कि,कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार राती शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा. ९ खक्रौला चेक पोष्ट स्थित सडक खण्डमाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८० मिलिग्राम सहित ऐ.ऐ. वडा नं १ बस्ने १८ वर्षिया किशोरलाई प्रहरी चौकी कालाकुण्डा,कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।