अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टीकापुर न.पा.३ शकरपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८१० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय दुई जना किशोरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.१ समितिपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ९१० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ५७० मिलिग्राम सहित जिल्ला कैलाली, गोदावारी न.पा.४ बस्ने वर्ष २७ को प्रभाष मल्ल र जिल्ला डोटी, जोरायल गा.पा.१ बस्ने वर्ष २६ को बिक्रम पातलीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेनद्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो भारतबाट नेपाल तर्फ आउदै गरेको से ६ प १५४९ नम्वरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।
यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टरबाट नियन्त्रित लागूऔषध इस्पास ४० ट्यावलेट सहित जिल्ला कैलाली, घनगढी उ.म.न.पा.१२ बस्ने वर्ष २२ को दिपक बहादुर चन्दलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेनद्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त इस्पास फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।