प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०५-१७

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.८ कान्तिपुर स्थित गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ७९० मिलिग्राम र नगद रु.८,१९०।- सहित सोही ठाउँ बस्ने वर्ष २९ को दिनेश चौधरी र जिल्ला कैलाली, गोदावरी न.पा.५ बस्ने वर्ष २२ को शुसिल चौधरीलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दिनेश चौधरीको घरकोठा  खानतलासी गर्दा  पोका वनाई रहेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१८

    कैलाली:-  कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,०००।– बराबरको कपडा,प्लाष्टिक पोलिथिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भि.न.पा. वडा नं ११ गड्डाचौकी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०६,९००।– बराबरको पटाकाहरु बुधबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

फरार प्रतिवादी पक्राउ
२०८३-०५-१६

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष कैद सजाय र रु.२,०००।- (दुई हजार)  जरिवाना तोकिएको जोशीपुर गा.पा.५ बस्ने वर्ष ४० को टेक बहादुर मौनीलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।      दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०८२।१०।१८ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ दिन कैद सजाय तोकिएको महाकाली न.पा.४ बस्ने वर्ष २२ को बिजय टमटालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१६

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,३९,०००।– बराबरको सुटपिस, कुर्ति, सुर्ति लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ तिनताराबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,७३८।– बराबरको मुकुट, माला, चोली, बासुरी लगायतका सामानहरु सोमबार अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-१६

      कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ स्थित लागूऔषध रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ९१० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को ललित साउदलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार राति निजको घर कोठा खाँनतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       कञ्चनपुर:-  जिल्ला कञ्चनपुर पुनर्वास न.पा.१० बिकाश बस्तीबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९५० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३२ को होसियार रानालाई सोमबार दिउँसो प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।        यसैगरी,  जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१ डाँडाबिछवा स्थित लागूऔषध बिक्रि वितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाका आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष ३० को राजेश रानालाई सोमबार दिउँसो प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी,  जिल्ला कञ्चनपुर लालझाडी गा.पा.१ डाँडाबिछवाबाट लागूऔषध बिक्रि वितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाका आधारमा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोरलाई सोमबार दिउँसो प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।