अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-१८
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको
विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७७,०००।– बराबरको कपडा,प्लाष्टिक पोलिथिन लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी
कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर
भि.न.पा. वडा नं ११ गड्डाचौकी स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०६,९००।– बराबरको पटाकाहरु बुधबार इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको
प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा
लिएको छ ।