प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०२-१०

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चोक, ऐ.३ मिलनचोक र बिशालनगर, ऐ. ९ त्रिबेणीघाट, टीकापुर न.पा.८ बटनपुर, जोशीपुर गा.पा.१ जोशीपुर बजार, ऐ. ४ बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१८,४७०।– बराबरको प्याज, चिनी, खानेतेल, चामल, खुर्सानी, सरप, सुर्ती, बिडी, सकेट, छाता, प्लाष्टिक झिल्ली, साबुन, कुर्ता सुरवाल, कुर्ती सेट, पानीपुरी, चक्लेट, सिद्रा माछा, चक्लेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।०९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.६ नकैया, भुराकोट र पुनर्वास न.पा. ११ टिम्बर टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१९,८३०।– बराबरको चिनी, चक्लेट, पेय पदार्थ, खानेतेल, सुटपिस, कुर्ता सुरवाल, धोती, कुर्ती, बिडी, सुर्ती, सुपारी, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।