प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबी मृत्यु

२०८१-०२-२०

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।१९ गते १८:१५ बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.४ बागमारा स्थित खेतमा जेसिबीले खनी माटो, ग्रावेल निकाली पानिको पोखरी भएको ठाउमा नुहाउने क्रममा सोही ठाउँ बस्ने बर्ष १४ को प्रान्जोल कार्की पानीमा डुबी मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट प्रहरी टोली खटिई गई निजलाई मृत अवस्थामा फेला पारेको,  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

सम्बन्धित समाचार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०९-२६

     डोटी:-  मिति २०८२।०९।२५ गते १५:२५ बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.१० बान्डुङग्रीसैन स्थित के.आई. सिंह राजमार्गमा धनगढी बाट दिपायल तर्फ जाँदै गरेको  सु.प.प्र. ०१-०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री  सोही ठाउँ बस्ने बर्ष ६८ की तारा देवी बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको, मोटरसाइकल चालक डोटी दिपायल सिलगढी न.पा.०२ खुल्लेक बस्ने बर्ष २६ को मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष ३६ को राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।