प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०२-२३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।२२ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, चुरे गा.पा.३ भक्तपुर स्थित बिपिनगर सडकखण्डमा सहजपुर बाट बिपिनगर तर्फ जादै गरेको सु.प.प्र.०१००२ त ५२७८ नम्बरको ट्याक्टरले ओभर टेक गर्ने क्रममा भे २ त १५१६ नम्बरको ट्याक्टर लाई ठक्कर दिदा भे २ त १५१६ नम्बरको ट्याक्टर सडकमा पल्टिन गई सोही ट्याक्टरको चालक जिल्ला डोटी, जोराईल गा.पा.४ बस्ने बर्ष अन्दाजी १९/२० को हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको, सोहि ट्याक्टरमा सवार जिल्ला डोटी, जोराईल गा.पा.४ बस्ने बर्ष अन्दाजी २०/२२ को लक्की बादी र जिल्ला कन्चनपुर, भिमदत्त न.पा.१५ बस्ने बर्ष १७ को गजेन्द्र दमाई घाईते भई माया मेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको, सु.प.प्र.०१००२ त ५२७८ नम्बरको ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।

   यसैगरी, मिति २०८१।०२।२२ गते २३:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.४ भालुफाँटा स्थित पुर्व-पश्चिम राजमार्गमा म.प्र.०३-००२ ख ००११ नम्बरको ट्रक र सु.प.प्र. ०१-०११ प ४४४३ नम्बरको  मोटरसाइकल एक आपसमा ठोकीई दुर्घटना हुदाँ मोटरसाइकल चालक ऐ. ४ बस्ने बर्ष अन्दाजी २२/२३ को कमल तिरुवा गम्भिर घाइते भएकोमा मिति २०८१/०२/२३ गते ०१:४० बजेको समयमा उपचारको क्रममा निसर्ग अस्पताल धनगढी कैलालीमा मृत्यु भएको, दुर्घटनामा संलग्न  ट्रक र ट्रक चालक जिल्ला दोलखा, बिगु गा.पा. ४ बस्ने बर्ष ५० को पदम बहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।